बालबालिकामा आपराधिक कार्यलाई न्यूनिकरण गर्न निबन्ध लेखन प्रतियोगिता
१३ पुस, काठमाडाैँ । बालबालिकामा आपराधिक कार्यलाई न्यूनिकरण गर्ने उद्धेश्यका साथ बाल समन्वय समितिले १८ बर्ष मुनीका बालबालिकाका लागि बाल न्याय बिषयमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बाल बालिकामा अपराधिक मानसिकतालाई कम गर्न बालबालिकाकै उपायको प्रभावकारिताको खोजी गर्ने उद्धेश्यले बाल न्यायका सम्बन्धमा यस्तो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा देशभरबाट २० जना विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । सहभागितामा कक्षा ८, ९ र १० का विद्यार्थीहरुबीच भएको राष्ट्रिय स्तरको निबन्ध लेखन प्रतियोगितामा चितवन स्थित नारायणी नमुना माध्यमिक विद्यालयका दिपिन अधिकारी र सोही स्कुलका शंकर दुबे द्धितिय भएका छन ।

यस्तै नेपालय माध्यामिक विद्यालय कलंकीकबाट साधना सापकोटा तृतिय भएका छन । उनीहरुलाई जनही प्रथम, द्धितिय र तृतयिलाई क्रमश २५,००० मेडल र प्रमाणपत्र, २०,००० मेडल र प्रमाणपत्र र १५,००० मेडल र प्रमाणपत्र वितरण भएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै बाल न्याय समन्वय समितिका सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बालबालिकाको सुविधाका विषयमा बहस भईरहेका बेला बाल न्यायका बारेमा बालबालिकाबाटै गरिने क्रियाकलापले बढि प्रभावकारी हुने बताउनुभयो । उहाँले बालबालिकालाई भविष्यको कणधार मात्रै भनेर नपुग्ने बरु काँचो माटोलाई कस्तो आकार दिने भन्ने बिषयमा अभिभावक समेत सचेत हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : 17:22









