१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

२२ मंसिर, काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो ।

सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । साथै उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए ।

बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिए।

प्रकाशित मिति : December 7, 2024 at 10:52 am