चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन
१३ पुस काठमाडौं । चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ लामिछाने भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको हाे ।

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।
प्रकाशित मिति : 14:11









