छिमेक लघुवित्तद्धारा लाभांश घोषणा
२० मंसिर, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि वितरण गरिनेछ ।
प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १३:१६