२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

१५ दिनभित्र मस्यौदा बुझाउने गरी राष्ट्रियसभा नियमावली संशोधन गर्न ९ सदस्यीय समिति गठन

१३ पुस, काठमाडौं । १५ दिनभित्र मस्यौदा बुझाउने गरी राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन भएको छ । मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर रहेका छन् ।

राष्ट्रियसभा बैठकले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । त्यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै राहदानी विधेयक चाँडो पारित गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : 13:01