बालाजुको बाइपासमा टिपरको ठक्करबाट धादिङका दलबहादुरको मृत्यु, एक महिला घाइते
१३ पुस, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ बालाजुको बाइपास चोकमा ट्रिपरले एकैपटक सडक किनारका दुइ मान्छे र ४ ट्याक्सीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना७ख ७००५ नम्बरको टिपर दुर्घटनामा एक महिला घाइते भएकी छिन ।
टिपरको ठक्करबाट मृत्यु हुनेमा धादिङ धुनिबेशी– ४ का ५८ वर्षीय दल बहादुर विसुङ्खे रहेका छन् । उनकै श्रीमति ५७ वर्षीया सानुनानी विसुङ्खे घाइते भएकी छिन । धर्मस्थलीबाट विहान ५ बजे एयरपोर्टमा भइरहेको पुननिर्माणका लागि माटो लिएर जाने क्रममा टिपरले ठक्कर दिएको हो । मृतक र घाइते दुवै बाइपास चोकमा चिया व्यापार गर्ने नागरिक हुन ।

दुर्घटना गराउने चालकलार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रहरी नायब उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
प्रकाशित मिति : 09:11









