२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

बालाजुको बाइपासमा टिपर दुर्घटना, दुईजना गम्भीर घाइते

१३ पुस, काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ को बालाजु बाइपासमा माटो बोकेको टिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन ।

मुड्खु भज्याङबाट माटो बाेकेर एयरपोर्ट जाँदै गरेको टिपर दुर्घटनामा परेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार टिपर ट्याक्सीसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

माटोले पुरिएर मानवीय क्षति भएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयले अहिले घटनास्थलमा उद्दारको काम गरिरहेका छन् । प्रहरीका अनुसार टिपर र माटोले दुईवटा ट्याक्सी र एउटा रिक्सालाई पुरेको छ । घटनाको थप विवरण आउन बाँकी ।

प्रकाशित मिति : 08:23