१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

विद्यार्थीलाई आन्दोलित बनाएर कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका नेता कारबाहीमा

१३ पुस, काठमाडाैँ । विद्यार्थीलाई अान्दोलित बनाएर कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका एक नेता कारबाहीमा परेका छन । अनेरास्ववियुका महासचिव एेन महरले गलत काममा लाग्ने व्यक्ति अनेरास्ववियुको नेता हुन नसक्ने भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको जानकारी दिएका छन । न्युज २४ मा अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटिका अध्यक्ष रमेश सिंह ठकुरी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्ला कमिटिका अध्यक्ष नुर्वु लामा र महेन्द्र हमालले विद्यार्थीको आन्दोलन र वार्ताका नाममा लाखाैँ रूपैयाँ लिएको समाचार प्रशारण भएपछि अाफूले कारबाही गर्ने बताएका हुन ।

सिटिइभिटीबाट अनुमति लिएर भक्तपुरमा सञ्चालित भक्तपुर टेक्निकल कलेजले १८ महिने अनमी कोर्षका लागि बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका थिए । सिटिइभिटीले कलेज शुल्क १ लाख २० हजार तोके पनि कलेजले पुस्तक, ड्रेस तथा होस्टलको नाममा २ लाख बढी शुल्क लिएको विद्यार्थीको गुनासो गर्दै अाएका थिए ।  कलेजकी सञ्चालक सिन्धु मल्लले  सिटिइभिटी अन्तरगतका अखिलका तीन विद्यार्थी नेताहरुलाई ४ लाख बुझाएको बताएपछि यो विषय बाहिर अाएको हो ।

घटना सार्वजनिक भएपछि अनेरास्ववियुका महासचिव महरले फेसबुकमा मार्फत यस्तो धारणा सार्वजनिक गरेका छन ।

महरको धारणा जस्तात्यस्तै

अनेरास्ववियु एउटा आन्दोलनको नाम हो। आफ्नो आधा शताब्दी भन्दा लामो आन्दोलनको जीवन मा यसले थुप्रै आरोह अबरोह ,हण्डर ठक्कर खानु परेको छ।कहिले बाह्य शक्ति बाट त कहिले आन्तरिक प्रवृत्ति बाट नै।तर लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता, सामाजिक न्याय र राष्ट्रियताको पक्षमा यसको अडान चट्टान झैं दृढ छ। साथै गुणस्तरीय शिक्षा, प्राबिधिक शिक्षा , जिबनोपयोगी शिक्षा का साथै सर्बसुलभ शिक्षा का खातिर अझ भनौं संबैधानिक रुपमा ब्यबस्था गरिएको शिक्षा लाई मौलिक हकको रुपमा कार्यान्वयन गर्न अनेरास्ववियु र समग्र विद्यार्थी आन्दोलन अनवरत रुपमा संघर्षरत छ।

यसै सन्दर्भ मा आज ल्भधकद्दद्ध तभभिखष्कष्यल बाट प्रशारित अतभखत द्धारा सञ्चालितअनाधिकारिक रुपमा विद्यार्थी बाट चर्को शुल्क असुलिरहेको भक्तपुरको एक कलेजमा विद्यार्थीको आन्दोलनमा विद्यार्थी संगठन र अनेरास्ववियु को नाममा आन्दोलन तुहाउने गरि आन्दोलन लाई घात गरि कलेज सञ्चालक संग साँठगाँठ गरि लेनदेन गरेको घटना ले लज्जाबोध भएको छ।यसले अनेरास्ववियु को साख गिराएको छ विद्यार्थी आन्दोलनलाई बदनाम बनाएको छ।

त्यसैले कुनै पनि हालत मा यस्ता गतिबिधी जो सुकैले गरोस क्षम्य हुनुहुँदैन र हुँदैन पनि।उक्त घटनामा अनेरास्ववियु को नाममा संगठन को बदनाम हुने गरि संलग्न ब्यक्तिलाई संगठन को साधारण सदस्य पनि नरहने गरि कार्बाही गरिने ब्यहोरा सम्पुर्ण साथिहरुलाई जानकारी गराउन चाहन्छु। साथै उक्त कलेजमा सञ्चालित विद्यार्थी को आन्दोलनमा अनेरास्ववियुको निरन्तर साथ सहयोग रहने पनि जानकारी गराउन चाहन्छु।

प्रकाशित मिति : December 28, 2018 at 8:41 am