३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

१७ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ ।

आज भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गर्नुभइ विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १९ मत बदर भएको थियो । कूल एक हजार चार सय ३४ मतदाता रहेकामा एक हजार एक सय ४६ मत खसेको थियो ।

वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित मोतिराम अलबहादुरका भाइ हुनुहुन्छ ।

प्रकाशित मिति : December 2, 2024 at 12:52 am