२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

३६ यात्रु बोकेको मिनिट्रक भीरमा खसालेर भागेका नुवाकोटका रामभक्त थापा अझै पक्राउ परेनन्

१२, पुस, काठमाडाैँ । नुवाकोटको घ्याङफेदीमा मंसिर अन्तिम साता मिनिट्रक भीरबाट खसालेर भागेका चालक रामभक्ता थापा अझै पक्राउ परेका छैनन् । गाडी भीरबाट झारेर भागेका उनी कहाँ छन के अवस्थामा छन भन्ने समेत अत्तोपत्तो छैन । उनले भीरबाट ट्रक खसालेर भाग्दा भएको दुर्घटनामा २१ जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।

घाइतेको उपचार र मृतकको परिवारले पर्याप्त राहत नापउँदा तनावमा परेका छन । काम गर्न सक्ने परिवारका धेरै सदस्यको मृत्यु भएपछि सदस्यहरू विचल्लिमा परेका छन । उनीहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएसँगै गृह मन्त्रालयले अस्पतालहरूलार्इ पत्राचार गरी उपचारको व्यवस्थामा कुनै कन्जुस्याइँ नगर्न अाग्रह गरेको छ ।

नेकपाका नेताहरू हितबहादुर तामाङ, केशव पाण्डे र बद्री मैनालीले पहल गरेर उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने वातावरण बनाएका हुन । उनीहरूले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ ज्ञापनपत्र बुझाइ धन्यवाद समेत ज्ञापन गरेका छन । साथै फरार रहेका चालक लगायतका केहीको तीव्र खोजी गर्न सरकारलार्इ अाग्रह गरेका छन ।

भेटमा उनीहरूले मृतकको परिवारलार्इ समेत क्षतिपूर्ति उपलब्ध गराउन अाग्रह गरेका छन । प्रधानमन्त्रीको व्यस्तताका कारण ज्ञापनपत्र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले बुझेका थिए । साविकको शिखरबेसी वडा नम्बर ६ छाप स्थायी घर भएका थापा काठमाडाैँमा अफन्तकोमा लुकेर बसेर अाशंका गरिएको छ । तर प्रहरीले थापाको खोजीमा त्यति चासो नदिएको अाफन्तले बताएका छन ।

विपी स्मृति अस्पतालमा राखेका बिरामी र उनका कुरूवाले खाना र खाजा समेत खान नपाएपछि सांसद केशव पाण्डेले उनीहरूलार्इ खाना र खाजाको व्यस्वथा गरेका थिए । उनले सबै खर्च अाफैँले व्यहोर्ने भन्दै क्यान्टिनबाट खाना र खाजा खाने प्रबन्ध मिलाएका थिए ।

दुर्घटनाको तस्बीरहरू

प्रकाशित मिति : 20:33