वाइडबडी भ्रष्टाचार प्रकरणः कांग्रेस सभापति देउवालाई भेटेरै बुझाउने कंसाकारको तयारी
१२ पुस, काठमाडाैँ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडीमा भएको भनिएको भ्रष्टाचारको विषय झनै पेचिलो बन्दै गएको छ । महालेखा परीक्षक टंकमणि शर्मासँग अनुमति लिएको भनेर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले झुटो बोलेको एक दिनपछि वायु सेवा निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले खरिदमा भ्रष्टाचार भयो भन्ने कांग्रेस सभापति शेरबहादुर देउवालार्इ भेटेरै बुझाउने तयारी गरेको बताए ।
यसअघि कंसाकारले कांग्रेसभित्रको बुढानिलकण्ठलार्इ ठूलै रकम बुझाएको अाशंका गरिएको थियो । बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा महाप्रबन्धक कंसाकारले नेताहरूको कुरा सुन्दा अचम्म लागेको भन्दै अाफूले देउवालार्इ भेटेरै कुरा गर्ने बताए ।

उनले वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित बोलाएको भन्दै उनले भने, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीले सम्पूर्ण जवाफ पठायौं । अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र आएन । त्यही भएर हामीले खुरुखुरु काम ग¥यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’ कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाशचार नभएको भन्दै उनले आफूले पदबाट राजिनामा नदिने पनि बताए ।
प्रकाशित मिति : December 27, 2018 at 6:15 pm









