१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल श्रीलंकासँग खेल्दै

१३ मंसिर, काठमाडौँ ।  यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू हुँदैछ। उक्त खेल बिहान १०:४५ बजेदेखि सुरू हुने भएको हो ।

शुक्रबार युएईको सारजहा क्रिकेट स्टेडियमा यू-१९ एसिया कपका उद्घाटन खेल हुनेछ। यस खेलमा कुल आठ देश रहेको  प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। नेपालको समूहमा भने अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।

त्यसैगरी,  नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै मयन यादव, नरेन साउद, अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।

समूह ए मा  भारत, पाकिस्तान, जापान र आयोजक युएई छन् भने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछन् ।

नेपाली टोली बुधबार नै युएई पुगिसकेका छन्। एसिया कपको तयारीस्वरूप नेपालले भारतको कर्नाटका यू-१९ सँग पाँच खेलको सिरिज खेलेको थियो। उक्त खेल त्रिवि मैदानमा भएको र नेपालले ३-२ ले सिरिज जितेको थियो।

नेपालको यू-१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन्। उनले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका हुन्।

एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्नेछन् भने दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : November 29, 2024 at 10:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/