नक्कली बीमा गराई ठगी गर्ने प्राइम लाइफका तीन कर्मचारी जेल चलान
१२ पुस, काठमाडाैँ । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम लाइफका तीन कर्मचारी जेल चलान चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएकाे छ ।

प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
प्रकाशित मिति : 15:52









