भ्रष्टहरूलाई चोख्याउन भूमिका खेल्ने चोलेन्द्रविरूद्धको नाै उजुरीमा भोलि छलफल हुने
१२ पुस, काठमाडाैँ । भ्रष्टहरूलाई चोख्याउन भूमिका खेल्ने प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाविरूद्धको नाैँ उजुरीमा भोलि छलफल हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधिशमा प्रस्तावित राणाविरुद्ध परेका नौवटा उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।
बैठकले शुक्रबार अपरान्ह ३ बजे उजुरीकर्ताहरूलाई छलफलका लागि बोलाउने कार्यतालिका तोकेको छ । उजुरी कर्तासँगको छलफलपछि प्रधानन्यायाधीशमा प्रस्तावित राणाको सुनुवाईको मिति तय गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन ।

समितिका सदस्यहरूले उजुरीको अध्ययन गरेपछि शुक्रबार बस्ने बैठकमा उजुरीकर्तासँग छलफल हुनेछ । संवैधानिक परिषदले यही पुस १७ गतेबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि सर्वोच्च अदालतका न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उजुरीमाथि निस्पक्ष छानविन भएमा प्रधानन्यायाधीशका लागि राणाको नाम अस्वीकृतसमेत हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।
प्रकाशित मिति : 15:09







