उपसचिव प्रेम सञ्जेल आवश्यकताको आधारमा सरुवा परेः श्रम मन्त्रालय
१२ पुस, काठमाडाैँ ।श्रम कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्जेलको सरूवा अावश्यकतको अाधारमा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सञ्जेललाई आवश्यकताको आधारमा सरुवा गरिएको प्रष्ट पारेका छन ।
सरुवा गरिएको विषयमा असन्तुष्टि जनाउँदै सञ्जेलले दुई दिनअघि पत्रकार सम्मेलन मार्फत कुण्ठा पोखेका थिए । उनले पत्रकार सम्मेलनमा सम्मेलनमा सञ्जेलले प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टसमेतको कडा आलोचना गर्दै सरुवाको निर्णयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यता सञ्जेलले पत्रकार सम्मलेन गरेको भोलिपल्टै त्यसको खण्डन गर्ने कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपलाई पनि श्रम विभागले विराटनगर कार्यालयबाट श्रम विभागमा सरूवा गरेको छ ।
प्रकाशित मिति : 15:00









