२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

अान्दोलनरत अस्थायी करार शिक्षकले पुस १७ बाट सम्पूर्ण विद्यालय बन्द गराउने

–भरतसन्तोषी

१२ पुस, काठमाडाैँ । छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले पुस १५ गतेदेखि आन्दोलन गर्ने भएको छ । शिक्षा ऐन २०२८ खारिज भई संघिय शिक्षा ऐन आउने र संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा नलेखिने भएकाले करिब १२ हजार करार शिक्षकको पेसा धरापमा पर्ने भएसँगै उनीहरुले आन्दोलन गर्ने तयारी गरेका हुन् ।

छुट करार अस्थायी शिक्षक केन्द्रीय समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारले अस्थायी र करार शिक्षकको रोजीरोटी खासेको बताए । उनले भने, “करार शिक्षकलाई स्थापित गरिन्छ भनेर लालिपप बाँडिएको छ । यो झुटको खेति मात्र भएको उनको भनाई छ । उनले खुल्लाको रिजल्ट पछि अयोग्यको बिल्ला लाग्ने जानकारी दिँदै आन्दोलन कि अवकाश रोज्नु पर्ने बताए । अस्थायी करार शिक्षकलाई विस्थापित नगर्न र अन्तरिक परीक्षामा सहभागी गराउन छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालय केशरमहलमा ज्ञापनपत्र समेत बुझाएको छ ।

२०७२ असोज २ गते नियुक्ती करार अस्थायी शिक्षकलाई सेवाबाट विस्थापित नगरी रोजगारीको हक सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु राखी समितिले ज्ञापन पत्र बुझाइएको हो । खुल्ला शिक्षकको नतिजा प्रकाशन भएपछि आफूहरु अयोग्य हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेको छ ।

शिक्षा ऐनको नवौं संसोधनले २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाबाट छुटाएर राज्यले ठूलो भूल गरेको उनले बताए । उनले अब बन्ने संघिय शिक्षा ऐनमा ०७२ असोज २ पछि नियुक्ति लिएका शिक्षकको हक र अधिकारलाई समेट्नु पर्ने बताउँदै नसमेटिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पराजुलीले ७७ वटै जिल्लाबाट ०७२ असोज २ पछि नियुक्ती भएका सबै करार शिक्षकलाई काठमाडौं आई आन्दोलनको तयार गर्न आह्वान् समेत गरेका छन् ।

आन्दोलनका कार्यक्रमहरु यस्ता छन् :
१) पुस १५ गते देशभरिका करार शिक्षक काठमाडौं भेला हुने र माइतीघर मण्डलादेखि बानेश्वर सम्म विरोध जुलुस निकाल्ने
२ ) पुस १६ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्र घेराउ तथा ध्यानाकर्षण पत्र दिने
३) पुस १७ बृहत् शैक्षिक अन्तरक्रिया गर्ने यी कार्यक्रमबाट पनि हाम्रो माग प्रति सम्बन्धित निकायले ध्यान नदिएमा विद्यालय बन्द र आमरण अनशन लगाएका कार्यक्रम गर्ने ।

प्रकाशित मिति : 10:26