२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

मितेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

९ मंसिर, काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १०.००८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १२:१८