१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा

९ मंसिर, काठमाडौँ ।  एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता सेयर आजबाट बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको सेयर खरिदका लागि आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

खरिदका लागि न्यूनतम ५ हजार कित्ता सेयर आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २३ गते रहेको छ। बोलपत्र काठमाडौँको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : November 24, 2024 at 9:43 am