१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइन्छः मन्त्री विष्ट

११ पुस, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन । बुधबार नेपाल चलचित्र प्राविधिक संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको स्मरण गराउँदै बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए ।

मन्त्री विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट पारे । सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम तलब तोकेको उल्लेख गर्दै उनले चलचित्र क्षेत्रमा कार्यरत कलाकार, प्राविधिकलगायतले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताए ।

प्रकाशित मिति : December 26, 2018 at 11:31 pm