२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

चितवन हात्ती महोत्सव शुरु (फोटोफिचर)

–प्रदीप घिमिरे 

११ पुस, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबारदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवको राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरिन । महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् ।

लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली दोस्रो चरणमा प्रवेश गरेका हुन् । एउटा हात्ती भने पहिलो चरणबाटै बाहिरिएको छ । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो । यसैगरी हात्तीका छावाको मैत्रीपूर्ण फुटबल खेलमा मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । बिहीबार हात्तीको वनभोज र अन्य प्रतियोगिता हुनेछ ।

 

 

प्रकाशित मिति : 23:13