१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ: कुलमान घिसिङ

२८ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिनुभएको छ। आज प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । त्यसकारण हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, त्यसलाई पनि हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुसार अबको १५ दिनभित्र फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

प्रकाशित मिति : November 13, 2024 at 3:23 pm