९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

२८ कात्तिक, विराटनगर । प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् ।

संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताउनुभएको छ ।

उहाँले सबै प्रकारका अनियमितता रोक्न तथा विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्न संयन्त्रले खबरदारी गर्नका साथै जनताका निराशालाई आशामा बदल्ने बताउनुभयो ।

संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग आगामी मङ्सिर १४ गते बृहद् छलफल गर्ने निर्णय भएको जनकारी संयन्त्रका सदस्य राईले दिनुभयो ।

त्यसैगरी, दुई दलीय संयन्त्रको मर्मअनुसार प्रदेशका १४ वटै जिल्लाका संयन्त्रका सदस्यहरुको संयुक्त बैठक मङ्सिर २९ गते

संयन्त्रका अर्का सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयन्त्रबाट सरकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताउनुभयो ।

त्यसैगरी, संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई दलीय संयन्त्रमा नेकपा (एमाले)बाट पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसबाट सो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा हुनुहुन्छ ।

प्रकाशित मिति : November 13, 2024 at 11:24 am