१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मानव तस्करीमा जोडिएका एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौँ ।  मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।

शनिबारको सचिवालय बैठकले अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अनुमोदन गरेको थियो। यधपी अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको सत्य तथ्य पत्ता नलागेसम्म कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।

उनीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप लागेको छ।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

अधिकारीसँगै नक्कली कागजात बनाएर जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियो विमानस्थलबाट डिपोर्ट भएपछि काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।

कार्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । त्यसलगत्तै काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।

यधपी  डिपोर्ट भएर आएका ३ जना सहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 10, 2024 at 12:39 pm