२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

यू-१९ महिला टी-२० विश्वकप छनोट: युएईसँग नेपाल १३ रनले पराजित

२४ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

यधपी कप्तान पुजा महतोले भने सर्वाधिक ४८ रन बनाए पनि जित हात पार्न सकेन ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् ।

त्यस्तै, नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने क्रिस्मा गुरुङ,  पूजा महतोर सीमा केसीले एक/एक विकेट लिए ।

नेपालले अब आफ्नो चौथो खेल भने आइतबार थाइल्याण्डसँग खेल्ने भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १५:१६