२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

क्रिसमस ड्रेस नलगाएको भन्दै कलंकीको सफल मन्टेश्वरीबाट विद्यार्थी निकालियो

१० पुस, काठमाडौँ । बालबालिकाको हेरचाहको जिम्मेवारी लिएर अभिभावकबाट महंगो शुल्क असुल्ने काठमाडौँ कलंकीको सफल मन्टेश्वरी प्रि प्राइमरी स्कुल एण्ड ट्रेनिङ सेन्टरले क्रिसमस ड्रेस नलाएको भन्दै एक विद्र्यार्थीलार्इ निकालेको छ । मंगलबार  क्रिसमस ड्रेस नलगाएको भन्दै एक बालिकालार्इ स्कुलबाट निकालेको हो ।

छोरी रूँदै घर आएपछि आमाले के भएछ भनेर बुझ्दा आफ्नो छोरीलार्इ दूर्व्यवहार गरेर स्कुलले निकालेको जानकारी पाएको उनकी आमा पवित्रा पन्थीले बताएकी छिन । स्कुलले छोरीलार्इ क्रिसमस ड्रेस नलगाएको भनेर निकालेपछि आफू दुःखित भएको प्रतिक्रिया पन्थीले दिएकी छिन ।

स्कुलले सबै बालबालिकालाई अनिवार्य रुपमा सेन्टा सुट लगाउन भनेपनि पवित्रा पन्थीले छोरीलाई नलगाई दिएका कारण स्कुलबाट निकालिएको बताइएको छ ।  तर पवित्राले भने आफुले उक्त जानकारी नै नपाएको भन्दै स्कुलले सानी छोरीलाई त्यस्तो व्यवहार गरेकोमा आपत्ति प्रकट गरेकी छिन । स्कुलकी  प्रिन्सिपल  शान्ता गौतमले भने यो विषयमा बोल्न चाहिनन् ।

प्रकाशित मिति : 22:32