सरकारविरूद्ध आन्दोलन गर्न देउवाको उर्दी लगत्तै गोविन्द केसीले दिए अनशनको चेतावनी
१० पुस, काठमाडौँ । सरकारविरूद्ध अन्दोलनमा उत्रिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उर्दी गरेको केही दिनमै अस्पतालिभत्र अनशन गरेर चर्चित बनेका डा गोविन्द केसीले ओली सरकारविरूद्ध फेरि अनशन गर्ने चेतावनी दिएका छन । नेपाली कांग्रेसको महासमिति बैठक समापनका क्रममा आम पार्टीका कार्यकर्तालाई सरकारविरूद्ध उत्रन देउवाले अपिल गरेका थिए ।
देउवाले सरकारविरूद्ध उत्रन अपिल गरेको तेस्रो दिननै त्रिवि शिक्षण अस्पताललाई अनशनका नाममा आन्दोलनको मरूभूमि बनाउने गरेका डा गोविन्द केसीले बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै तत्कालै सरकारविरूद्ध अनशन बस्ने चेतावनी दिएका हुन । उनले पुराना सम्झौता कार्यान्वयन र सिटिभिटीको विषयलाई प्रमुख मुद्दा बनाउने बताएका छन ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई चिकित्सा शिक्षा आयोगबाट बाहिर राख्ने वा नराख्ने भन्ने विषयमा चलेको छलफल पेचिलो बन्दा डा केसीले अनशनको चेतावनी दिएका हुन । उनले शिक्षा मन्त्रालयले सीटीइभीटीलाई अलग राख्नुपर्ने धारणा राखेर गरेको भन्दै आफूले भने अनुसार अलग राख्न नमिल्ने बताएका छन ।
डा केसीले सीटीइभीटीलाई छुट्याउन खोजे आफू कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् । संसदले आफ्नो स्वतन्त्रता समेत प्रयोग गर्न नपाउन भनेर बालहठ देखाउने केसीलाई पछिल्लो पटक नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले राजनीतिक रूपमा उपयोग गर्दै आएक छन ।
केसी नेविसंघका पूर्वा नेता रहेको र उनलार्इ नेपाली कांग्रेसका नेताहरूले प्रयोग गर्ने गरेका कारण सरकारविरूद्धको कांग्रेसको अान्दोलन सफल बनाउन केसीले तत्कालन अनशनको चतावनी दिएको अनुमान गरिएको छ ।
प्रकाशित मिति : December 25, 2018 at 9:33 pm









