११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रदेश ५ मा प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त

६ चैत,बुटवल । प्रदेश नं ५ को प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी बैठकले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा गुल्मी स्थायी निवासी हाल रुपन्देहीमा करीव दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको रु एक अर्ब दुई करोड बजेट यही चैत मसान्तभित्र बिनियोजन गरिसक्नुपर्ने भएकाले आ आफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पूँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रदेश सरकारले केन्द्र सरकारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभामार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : March 20, 2018 at 4:09 pm