मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि हुने
१० पुस, रसुवा । मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि हुने भएको छ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार डिपिर संशोधानमा समय लागेकाले सडकस्तरोन्तीको काम सुरू गर्न लागिएको हो । चीनसँग व्यापारीक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती राष्ट्रिय प्राथमिकताको विषय समेत हो ।
यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर सडक गएको जेठमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिएको थियो । डीपीआर संशोधनको काम सकिएकाले टेन्डर प्रक्रिया सुरु गरिएको योजनाले जनाएको छ । स्तरोन्नतीको काम सक्न करिब २ वर्ष लाग्ने योजनाले जनाएको छ ।
प्रकाशित मिति : 09:27









