१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

समुन्नत नेपाल निर्माणमा प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

१० पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ

‘क्रिसमस डे’ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो भन्दै हाम्रा बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : December 25, 2018 at 7:00 am