१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालको सेवामा १० प्रतिशत छुट

९ पुस, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : December 24, 2018 at 8:49 pm