१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

निर्मलाकाे लागि न्याय माग्दै संयुक्त राष्ट्रसंघमा विद्यार्थीले बुझाए हस्ताक्षर (फाेटाेफिचर)

९ पुस, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघमा विद्यार्थीले आग्रह गरेका छन् । सरकारले निर्मला पन्तको हत्यारालाई  ५ महिना बित्न लाग्दा समेत पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

यस अघि उनीहरुले माईतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्ताक्षर अभियान संकलन गरेका थिए। निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन्।

‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन्।

गत श्रावण १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले सो हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै विगत एक हप्तायता संकलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन्। उनीहरुले निर्मलालाई न्याय दिन आवाज बुलन्द गर्न पनि सबैलाई आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति : December 24, 2018 at 3:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/