२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बुटवलका वडा सचिव भरतकुमार काउचा घुससहित रंगेहात पक्राउ

९ पुस, रुपन्देही । बुटवल -१३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल-१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ ।

 

सेवाग्राहीसँग बसाइसराइ दर्ताको काम गर्न ५ हजार घुस लिँदै गर्दा काउचालाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले जानकारी दिए । पक्राउ परेका काउचालाई आवश्यक अनुसन्धान पूरा गरेपछि काठमाडाैं पठाउने प्रमुख पन्थको भनाई छ ।

प्रकाशित मिति : 14:32