२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मनासलु क्षेत्रको जंगलमा भीषण आगलागी, नियन्त्रणकाे प्रयास जारी

९ पुस, गोरखा । मनासलु क्षेत्रको जंगलमा भीषण आगलागी भएकाे छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको जंगलमा  अागलागी भएकाे हाे । पदमार्गमा आएका गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको बताइएकाे छ । सामागाउँबाट मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने उक्त क्षेत्रमा आइतबार रातिदेखि आगलागी भएको हो ।

आगलागीकबाट  वन्यजन्तुसँगै वहुमुल्य जडिवुटी समेत नष्ट भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए ।

प्रकाशित मिति : 13:55