दाङमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, शव सडकमै राखेर स्थानीयको प्रदर्शन
९ पौष , दाङ । दाङको घोराही-१४ मा आज बिहान लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मेघराज पुनको मृत्यु भएको छ। २९ वर्षीय उनी घोराही-१८ का हुन् । बसले ठक्कर दिँदा मृत्यु भएका मेघराज पुनका आफन्त र स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ।

घटनापछि बसमा तोडफोड गरिएको छ भने शव सडकमै राखेर प्रदर्शन जारी छ। सोही क्रममा प्रहरीले अश्रुग्यासँगै लाठीचार्ज पनि गरेको छ।
प्रकाशित मिति : 13:29







