मोरङमा आफैंले बोकेको थ्री नट थ्री राइफल पड्किएर प्रहरी जवान घाइते
९ पुस, काठमाडौं । मोरङको उर्लाबारीमा आफैंले बोकेको राइफल पड्किएर एक प्रहरी जवान घाइते भएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान सञ्जिव खड्का आफैंले बोकेको थ्री नट थ्री राइफल पड्किएर घाइते भएका हुन् ।
सोमवार विहान ९ बजेतिर बा१झ ६४५० नम्बरको भ्यानमा गस्ती गएका बेला राइफल पड्किएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी जवान खड्काको छातीको दाहिने भागमा गोली लागेको जनाइएको छ । हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : 12:29









