१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्दै समता घरेलु लघुवित्त

४ कात्तिक, काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०।५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते हुने कमपनिले जनाएको छ । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : October 20, 2024 at 10:21 am