२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नगरकाेटमा सोमबार विद्युत् आपूर्ति बन्द हुने

८ पुस, काठमाडौँ । नगरकाेटका विभिन्न स्थानमा सोमबार विद्युत् आपूर्ति बन्द हुने भएको छ । नगरकोट फिडरको ११ के.भि. लाइन मर्मत गर्नु पर्ने भएकाले विभिन्न स्थानमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुने भएको हो ।

भक्तपुरकाे दुवाकोट, झौखेल, चाँगु, खरिपाटी, नगरकोट, बागेश्वरी, सुडाललगायतका स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । (नाेटः भुुुलवश नगरकाेट हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएकाे छ । सम्पादक)

प्रकाशित मिति : 10:55