२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सिरहाको गोलबजारको बस्तिनजिकै प्रेसर कुकर बम भेटियो

९ पुस, काठमाडाैँ । सिरहाको गोलबजारमा बस्ती नजिकै प्रेसर कुकर बम भेटिएको छ । गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक आइतबार बिहान प्रेसर कुकर बम भेटिएको हो ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजीकै पश्चिम दक्षिणतर्फ प्रेसर कुकर कम भेटिएको र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाउने काम गरिरहेको  इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन ।

घटनास्थल अहिले सिरहाको चोहर्वामा रहेको नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर राखेको छ भने आवत–जावत गर्ने बाटो बन्द गरिएको छ ।

प्रकाशित मिति : 10:35