९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

समाजमा वैरभाव र निराशा फैलाउने प्रवृत्ति बढिरहेको एमालेको निष्कर्ष, यस्तो छ अपिल

२४ असोज, काठमाडौँ । नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैलाउने प्रवृत्ति बढिरहेको निष्कर्ष निकालेको छ । बिहीबार फुलपातिको दिन पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्ष निकालेको हो ।

एमाले सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बिरूद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं ।’

उपमहासचिव ज्ञवालीले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको निर्णय कात्तिक २२ सम्म गरेर केन्द्रमा पठाउन तल्ला कमिटीलाइ निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : October 10, 2024 at 4:52 pm