१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

शिक्षकलाई अब सुविधै सुविधा, राम्रा शिक्षक राख्न निजामतिको भन्दा १० प्रतिशत बढी सुविधा !

८ पुस, काठमाडाैँ । विद्यालय शिक्षकलाई अब सुविधै सुविधा मिल्ने भएको छ । सरकारले विद्यालयका शिक्षक पदमा मेधावीहरुलाई आकर्षण गर्न यस्तो सुविधा दिन लागेको हो । शिक्षकको वर्तमान र सुविधालाई सोही योग्यताको सरकारी कर्मचारीले पाउने भन्दा १० प्रतिशत बढाउने तयारी भएको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकको सुविधा बढाउने प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार पारेको छ । आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा शिक्षकको वृत्ति विकासका लागि उसको पदोन्नति भएर कुनैपनि श्रेणीसम्म जानसक्ने, शिक्षा निरिक्षक, शिक्षा अधिकारी वा शिक्षा सम्बन्धी नीति निर्णय गर्ने सरकारी पदमा जाने बाटो कानूनतः खुल्ला गरिने प्रस्ताव गरिएको छ ।

 अहिलेको विविध प्रकारका माध्यमिक शिक्षक दरबन्दी व्यवस्था गरी स्थायी र अर्को अस्थायी ( एक वर्षे ) आवधिक करारकारुपमा मात्र व्यवस्था गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।

प्रकाशित मिति : December 23, 2018 at 8:41 am