२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है!’नामक टिकटक प्रतिस्पर्धाको आयोजना

२० असोज, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

बडा दशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

‘हामीलाई त बडा दशैं लाग्यो है! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नु पर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट ३ प्रतिस्पर्धीहरुलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन् ।

दशैंले ल्याएको उत्साहसँगै नेपाललाइफइन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफले सबैलाई आह्वान गरेको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावनअवसरमाआयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १५:०४