१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

दसैं सुरू भएसँगै काठमाडाैँबाट घर जानेहरूकाे नयाँ बसपार्कमा ताँती

१९ असोज, काठमाडौँ । दसैं सुरू भएसँगै काठमाडौँ उपत्यकाबाट घर जानेहरूको ताँती बढ्न थालेको छ। काठमाडौंको नयाँ बसपार्क लगायत लामो दूरीका गाडी लाग्ने स्थानहरूमा बिहानैदेखि यात्रुहरूको चहलपहल बढ्न थालेको हो ।

केही दिनको वर्षाका कारण बाढी पहिरोले विभिन्न सडकहरू अवरूद्ध रहेकाले यसपालि सरकारले सोमबारदेखि नै रूट परमिट खुला गरिदिएको थियो।

बाढीले उपत्यकामा बढी प्रभावित भएपछि  यसपालि दसैँ लाग्नुभन्दा अगाडिदेखि नै काठमाडौं छाड्नेहरुको ताँती बढेका छन्।

यसपालिको दसैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको पानी पर्ने क्रम जारी रहेकाले त्योभन्दा कम मानिसहरूले उपत्यका छोड्न सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : October 5, 2024 at 1:39 pm