दाङ बस दुर्घटनाका घाइते १० जनाको परिचय खुल्यो (घाइतेको नाम र ठेगानासहित)
६ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १६ पुगेको छ । १० जनाको जिवितै उद्धार गरिएको छ । उनीहरूको राप्ति अञ्चल अस्पतालमा उपचार भैरहेको छ । घाइतेको विवरण यस्तो रहेको छ ।
ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार उपचार भैरहेका घाइतेहरूमा जुम्लाको तातोपानी गाउँपालिका १४ का १८ वर्षीय हिमाली हमाल, जुम्लाकै चन्दननाथ गाउँपालिका वडा नम्बर ३ का १६ वर्षीय कुशेन्द्र खत्री रहेका छन ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरकी १५ वर्षीया समिक्षा रोकाय, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय ब्रकम भण्डारी, रूकुमको त्रिवेणी गाउँपालिका २ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङकै घोराही उपमहानगरपालिका वडा नम्बर १९ स्यूजाका १७ वर्षीया मेनुका रिजालको राप्ति अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
गम्भीर घाइते भएकाले थप उपचारका लागि नेपालगञ्च रिफर गरिएकाहरूमा जुम्लाको चन्दननाथ गाउँपालिकाकै वडा नम्बर २ का १७ वर्षका जीवन भण्डारी, सोही ठाउँका १६ वर्यीया पर्शा रोकाया, अछाम मंगलसेनका १९ वर्षीय यूवराज ढुंगाना र रूकुमको सानिभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन रहेकी छिन ।
सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थी चढेको बस बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने भीरबाट सातसय मिटर तल झरेको थियो ।
प्रकाशित मिति : 20:24









