२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना अपडेटः १६ जनाको मृत्यु, १० जनाको जिवितै उद्धार

६ पुस, काठमाडाैँ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १६ पुगेको छ । अहिलेसम्म १६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उद्धार जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।

मृतकहरुको सनाखत हुन सकेको छैन । १० जनाको जिवितै उद्धार गरिएको छ । उनीहरूलार्इ उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएको छ। घाइतेहरुको पनि नाम, थर खुलेको छैन ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको छ । रातको समय भएकाले उद्धारमा समस्या अाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:33