शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना अपडेटः १० जनाको शव भेटियो, उद्धारकार्य जारी
६ पुस, काठमाडाैँ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १० पुगेको छ । अहिलेसम्म १० जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उद्धार जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म नौ पुरुष र एक महिलाको शव फेला परेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चार जनाको जिवितै उद्धार गरिएको छ । उनीहरूलार्इ उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएको छ। घाइतेहरुको पनि नाम, थर खुलेको छैन ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको छ । रातको समय भएकाले उद्धारमा समस्या अाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19:12







