२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

दाङमा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थी चढेको बस भीरबाट खस्यो, ९ जनाको शव भेटियो

६ पुस, दाङ । दाङमा अहिले केहीबेर अघि भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दाङले  दुर्घटनामा परी ८ पुरुष र एक महिलाको मृत्यु भएकोजनाएको छ। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

९ जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्। उक्त बसमा दाङ देउखुरीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरु सवार थिए। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 18:22