२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बालिका बलात्कार गर्नेलार्इ जम्मा एक महिना कैद र ५० हजार जरिवान

६ पुस, भोजपुर । भोजपुर जिल्ला अदालतले बालिका बलात्कार गर्नेलार्इ जम्मा एक महिना कैद र ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले यस्तो फैसला गरेको हो ।

इङ्नामको एकल इजलाशले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई त्यही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महिना कैद र रु ५० हजार जरिवानकोे फैसला सुनाएको हो ।

त्यसैगरी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अरुण गाउँपालिका–४ चरम्बीका सन्तोष विश्वकर्मालाई ६ वर्ष कैद र रु ५० हजार जरिवनाको फैसला गरेको छ । विश्वकर्माले गएकाे असोज ६ गते त्यही ठाउँकी युवतीलाई बलात्कार गरेका थिए ।

प्रकाशित मिति : 07:36