१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सिटिजन्स बैंकको ४० हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाइने

७ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।बिक्रीमा राखिएको उक्त सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

सेयर खरिदका लागि बैंकको विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ७ गतेबाट ३५ दिन आवेदन दिनुपर्नो छ । आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : September 23, 2024 at 12:47 pm