८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राप्रपा मार्फत राजनीतिमा आउँदै ज्ञानेन्द्र साह

६ चैत, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय राजनीतिमा आउने तयारीमा जुटेका छन । सत्ताको भोकले राजसंस्था नै समाप्त पारेका ज्ञानेन्द्र शाहले राप्रपा मार्फत सक्रिय राजनीतिक गर्ने तयारी गरेका हुन ।

राजसंस्थाको स्थापनाका लागि शाहले यस्तो अभियान अघि बढाउन लागेका हुन । उनले राप्रपाका नेताहरुसँग चरणबद्ध छलफल चलाइरहेका छन । यसैक्रममा ज्ञानेन्द्र शाहकै इच्छामा राप्रपा पुनगर्ठन गर्ने अभियान पनि तीव्र बनेको छ ।

शाहले आइतबार साँझ झापामा राप्रपाका भिन्न ती गुटका ९ जना नेताहरुसँग सामुहिक छलफल समेत गरेका छन् । झापाको दमकस्थित हिमालय चिया बगानमा बसिरहेका शाहले राप्रपाका नेताहरुसँग त्यही सामूहिक भेट गरेका हुन ।

शाहले राप्रपा पुनर्गठनका बारेमा नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह, पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती तथा डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य लगायतसँग छलफल गरेका थिए ।

छलफलमा तीनै पार्टीलाई एक गरेर राजतन्त्र पुनस्थापनाको अभियान तीव्र पार्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०८:०३