३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कांग्रेसको व्यावसायिक सीप विकास विभागमा १० सदस्य थपिए

६ असोज, काठमाडौँ । नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल प्रमुख रहेको उक्त समितिमा आइतबार १० सदस्यलाई मनोनीत गर्नुभएको हो ।

विभागमा मनोनीत हुनेहरूमा वीना तामाङ( झापा, कोमलकान्त झा( धनुषा, प्रतिभा अदुवा श्रेष्ठ( भक्तपुर, निशा मल्ल ठकुरी( कास्की, सुनिल श्रेष्ठ(काठमाडौँ, उमाकुमारी थापा( बाँके, फरिन्दा महर्जन( ललितपुर, रमेश केसी( जाजरकोट, सीतादेवी बस्नेत कार्की( काठमाडौँ र प्रमिला जैरू( कञ्चनपुर रहनुभएको छ ।

प्रकाशित मिति : 15:20